मेरिना इम्पेक्सलाई बेष्ट टेलरिङ अवार्ड

काठमाडौ । मेरिना इम्पेक्सले यस वर्षको बेष्ट टेलरिङ अवार्ड पाएको छ । सोह्रौं कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्न काठमाडौंमा आयोजित समारोहमा मेरिना इम्पेक्सलाइ ‘बेष्ट टेलरिङ अवार्ड,२०८०’ प्रदान गरिएको हो ।

कर्पोरेट मिडिया ग्रुपले बिगत सोह्र बर्षदेखि बिभन्न बिधामा कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्दै आएको छ । ग्रुपले यस वर्ष ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ मा उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र नवउद्यमीलगायत विभिन्न क्षेत्रका २९ जना व्यक्ति व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरेको हो ।

बेष्ट टेलरिङ अवार्डले ग्रहकमैत्रि सेवाका लागि थप प्रेरित गरेको मेरिना इम्पेक्सका अर्जुन बस्नेतले बताए । ग्रहकको चाहनालाई बुझेर बिगत ४० बर्षदेखी स्तरिय शर्टिङ, शुर्टिङ तथा टेलरिंग सेवा दिदै आएको र गुणस्तरमा सम्झौता नगर्ने भएकोले मेरिना इम्पेक्सले ग्रहकहरुको बिश्वास जितिरहेको उनले बताए ।

प्रतिक्रिया