तनाव व्यस्थापन र ऊर्जा ध्यान शिविर सम्पन्न

सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा तनाव व्यस्थापन र ऊर्जा ध्यान शिविर सम्पन्न भएको छ । मानव जीवनमा ऊर्जा बढाउने र जीवन शैलीमा नै सकारात्मक प्रभाव पार्ने उद्देश्यले तनाव व्यवस्थापनसम्बन्धी एकदिने ध्यान शिविर कार्यक्रम सम्पन्न भएको हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत मिर्चेया नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाको प्रांगणमा कार्यक्रम सम्पन्न भएको छ ।

जीवन विज्ञान संस्थाको आयोजना तथा इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाकाको सहकार्यमा जीवन विज्ञान संस्थाका प्रशिक्षक सुमिता पोखरेलको अधयक्षतामा ‘तनाव व्यस्थापन तथा ऊर्जा ध्यान शिविर कार्यक्रम’ सम्पन्न गरिएको आयोजक सस्थाले जनाएको छ ।

प्रतिक्रिया