बरियारपट्टी सीमानाकामा चेकजाँच कडाई

सिरहा । सिरहाको दक्षिणवर्ती सीमानाका बरियारपट्टीमा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सक्रियता बढाएको छ। सीमा सुरक्षा र अवैध चोरीनिकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरी बोर्डर आउट पोश्ट बरियारपटीले सीमा क्षेत्रमा सक्रियता बढाएको हो ।

सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रण सशस्त्र प्रहरीको पहिलो जिम्मेवारी हो । सीमामा चोरी निकासी रोक्न बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक नवराज खत्रीले आकस्मिक र आवश्यकता अनुसार ठाँउ–ठाँउमा चेकजाँच बढाइएको बताए । सीमामा भएको अवैध ओसारपसार नियन्त्रण र निरुत्साहित गर्न सीमामादेखि केही दुरीमै रहेको बिओपीको चेकिङ प्वाइन्टसमेत सो क्षेत्रमा प्रयोग भएको छ ।

बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक खत्रीले सीमानाकामा चेकिङ बढाएसँगै ४ लाख ५३ हजार ८ सय ४० हजार नेपाली (हुन्डी करोबारी) समेत करीब ११ लाख मूल्य बराबरको प्याज, किरान सामान, जुत्ता चप्पल, हार्डवेयर सामान, लत्ताकपडा, मदिरा पलास्टिक सरसामान, कस्मेटिक सरसमानलगायत चोरी तस्करीका सामानहरु भन्सार कार्यालय पठाइएको छ ।

चेकजाँचमा कडाई गरेपछि राजस्व संकलनमा समेत वृदि भएको प्रहरीले जनाएको छ । छोटी भन्सार कार्यालय बरियारपट्टीले जनाए अनुसार माघ महिनाको जम्मा राजस्व संकलन २ लाख ६६ हजार ९ सय ३० रुपैयाँ रहेको छ भने फागुन महिनाको १३ गतेसम्म १ लाख ७६ हजार राजस्व संकलन भएको भएको कार्यालय प्रमुख सम्भु केसीले जानकारी दिए ।

सशस्त्र प्रहरीको पछिल्लो समयको सक्रियताले माघ १५ देखि फागुन १४ गतेसम्म मात्रै ११ लाखभन्दा बढीको अवैध सामान नियनत्रणमा लिई भन्सार कार्यालय पठाइएको बिओपी बरियारपट्टीले जनाएको छ ।

प्रतिक्रिया