विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

काठमाडौं । ज्योति विकास बैंकले सिरहाको गोलबजार नगरपालिका–१० स्थित श्री आधारभूत विद्यालयलाई २५ थान फर्निचर प्रदान गरेको छ । बैंकले विद्यार्थीहरुको सिकाइ वातावरण अभिवृद्धि तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यका साथ फर्निचर सहयोग गरेको जनाएको छ । विद्यालयमा आयोजित कार्यक्रममा बैंकका गोलबजार शाखाका शाखा प्रबन्धक भुवन धमलाले डेस्क बेञ्चहरु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा स्थानीय जनप्रतिनिधि बैंकका कर्मचारी, शिक्षा क्षेत्रका स्थानीय पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया