कलैया उपमहानगरमा ४७ हजार बालबालिकालाई दादुरा रूबेला बिरूद्वको खोप लगाइने

बारा । कलैया उपमहानगरपालिकाले नगरपालिका भरी ४७ हजार बालबालिकालाई दादुरा रूबेला बिरूद्वको खोप लागाउने लक्ष्य लिइएको बताएको छ । शुक्रबार नगरपालिकाको आफ्नै सभाहलमा आयोजित एक दिने सन्चारकर्मीहरूसंगको अभिमुखीकरण कार्यक्रममा उक्त कुरा बताइएको हो । स्वास्थ शाखाका प्रमुख अजय जैसवालले दिएको जानकारी अनुसार यही फागुन १३ गते देखि १७ गते सम्म सन्चालन हुने उक्त खोप अभियानमा ३० हजार घरमुलीलाइ आ- आफ्नो बालबालिकाको लागि खोप निरधारित समयमा लियाइ लगाउन निमन्त्रणा कार्ड समेत पठाइएको बताएका थिए ।

उहाले उक्त अभियानमा नगरपालिका भरी १७७ खोप केन्द्रमा ५०० कर्मचारी परिचालन गरि खोप अभियान सफल बनाउने जानकारी गराएका थिए । साथै अवस्थालाई मध्य नजर गर्दै थप ६० वटा खोप केन्द्र तयारी अवस्थामा राखिने उनले बताए ।

नेपाल सरकारको बाल मृत्यु दर घटाउने उदेश्यका साथ सञ्चालन भएको उक्त अभियानलाई सफल बनाउन सम्पूर्ण संचारकर्मीहरू सँग उनले आग्रह समेत गरेका थिए । नेपाल सरकारको निर्देशन अनुसार ९ महिना देखि १५ बर्ष उमेर समुहका बालबालिकालाई लगाइने खोप नगरपालिकाले शिशु कक्षा देखि १० कक्षा सम्मका सम्पूर्ण विद्यार्थीहरूलाइ पनि खोप लगाउन मापदण्ड यसपालि कोइ नछुट्ने गरि बनाएको उनले बताएका थिए । कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहजीकरण स्वास्थ शाखाका मनोज यादवले गरेका थिए ।

प्रतिक्रिया