काठमाडौंको थापाथलीको प्रसूति अस्पतालबाट बच्चा चोरी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट बच्चा चोरी भएको छ । शुक्रबार एक जना महिलाले बच्चा चोरी गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । अहिले प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । प्रहरीका अनुसार काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक जना महिलाको २६ दिने छोरी चोरी भएको हो ।

अस्पतालमा एक जना महिलाले केहीबेर बोकिदिने भनेर बच्चा लिएको प्रहरीले जनाएको छ। केहीबेर लिने भनेर ती महिला फरार भएकी हुन् । घटना शुक्रबार दिउँसो १२ बजेतिर भएको हो । त्यसपछि करिब १ बजेतिर प्रहरीलाई खबर भएको हो । प्रहरीले अहिले ती महिलाको खोजी गरिरहेको छ ।

प्रतिक्रिया