वीरगञ्ज । पर्साबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्साको बहुदरमाई नगरपालिका– ९ बाट कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको जनाएको हो ।
पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–९ कटिबलुवा बस्ने ४४ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका–९ बैरियाबिर्ता बस्ने ३७ वर्षीय शिवपुजन मुखिया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ना १२ प ४९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता कुमार बिक्रम थापाले बताए ।
प्रतिक्रिया