सौर्य राष्ट्रिय दैनिकले मनायो १३औँ वार्षिकोत्सव (तस्विरहरु)

काठमाडौं । सौर्य राष्ट्रिय दैनिकले आज विविध कार्यक्रम आयोजना गरि १३औँ वार्षिकोत्सव मनाएको छ । सौर्य राष्ट्रिय दैनिक प्रकाशनको १२औँ वर्ष पूरा गरि १३औं बर्ष प्रवेश गरेको अवसरमा काठमाडौंमा एक कार्यक्रम गरिएकाे हाे ।

वार्षिकोत्सव विशेष कार्यक्रममा बोल्दै सौर्य दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाठीले भने, ‘विभिन्न कठिनाइबीच हाम्रो यात्राले आज १२ वर्ष पूरा गरेको छ । यस अवसरमा सम्पूर्ण पाठक वर्ग, सहकर्मी, विज्ञापनदाता एवं समस्त शुभचिन्तकहरूमा बधाई तथा शुभकामना व्यक्त गर्न चाहान्छौँ । यो परिस्थितिमा पत्रकारिताको माध्यमबाट आफ्नो जिम्मेवारीलाई अझै परिष्कृत गर्दै लैजानुपर्ने आवश्यकता हामीले महसुस गरेका छौँ । हाम्रो यो प्रयासमा पाठक वर्ग तथा विज्ञापनदाताबाट प्राप्त सहयोग तथा हौसला अत्यन्त उत्साहजनक छ । त्यो नै हाम्रो शक्ति, सामथ्र्य तथा पुँजी हो । सौर्य राष्ट्रिय दैनिकको १३औँ वार्षिकोत्सवका अवसरमा हामी हाम्रा पाठक वर्ग, शुभचिन्तक तथा विज्ञापनदाताप्रति हार्दिक आभार प्रकट गर्दछौँ । यो परिस्थितिमा आफ्नो कर्ममा इमानदारीपूर्वक लागि आफ्नो संस्थाको प्रतिष्ठा कायम राख्न योगदान दिने सम्पूर्ण पत्रकार तथा कर्मचारीहरू धन्यवादका सही पात्र हुन् ।’

प्रतिक्रिया