बालविवाह न्यूनिकरणका लागि रास्कोटमा हस्ताक्षर संकलन

कालिकोट । जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ४ र ५ मा बालविवाह न्यूनिकरण गर्न हस्ताक्षर कार्यक्रम संकलन गरिएको छ ।

समाजमा कुपर्थाको रुपमा रहेको बालविवाह न्यूनिकरण गर्नका लागि सरोकारवाला, मानव अधिकारकर्मी तथा स्थानीयवासी र सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधीहरुले बालविवाह न्यूनिकरण गर्नका लागि हस्ताक्षर गरेका हुन् ।

रास्कोट नगरपालिकाका किशोरी क्लवद्धारा आयोजना गरिएको हस्ताक्षर संकलन कार्यक्रममा रास्कोट नगरपालिका– ४ का वडाध्यक्ष दिनेश सञ्ज्यालको अध्यक्षता रहेको थियो ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेकको सहजिकरणमा सञ्चालित सशक्त बालिका परियोजना र पिसिई एफएम (नोराड( परियोजना अन्र्तगत हस्ताक्षर संकलन कार्यक्रम गरिएको सशक्त बालिका परियोजनाका फिल्ड सुपरभारभाइजर गिरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया