मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले एक समाजसेवीलाई सम्मान गरेको छ । छायाँनाथ रारा नगरपालिका– १३ थार्प गाउँ स्थायी घर भई हाल स्पेनमा रारा नामक होटेल सञ्चालन गर्दै आएका पूर्वधावक तथा समाजसेवी अक्कल बोहोरालाई बुधबार एक कार्यक्रमका बिच छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले सम्मानपत्रसहित बोहोरालाई सम्मान गरेका हुन् ।
समाजसेवी बोहोराले जिल्लाको छायाँनाथ रारा नगरपालिकाभित्रका बस्तीहरूमा विकास निर्माण र राहत वितरणलगायतका क्षेत्रहरुमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नगरपालिकाले सम्मान गरेको नगरप्रमुख विष्णुकुमार भामले बताए ।
छायाँनाथ रारा नगरपालिकाको समन्वय र सहकार्यमा समाजसेवी बोहोराले विभिन्न किसिमका विकास निर्माण र राहत वितरणमा हातेमालो गर्दै आइरहेकाले उनलाई सम्मान गरेको नगरप्रमुख भामको भनाई छ ।
मुगु
प्रतिक्रिया