शुभोदय प्राथमिक विद्यालयको ७२औँ वार्षिकोत्सव सम्पन्न

लमजुङ । जिल्लाको राइनास नगरपालिका– ८ मा रहेको शुभोदय प्राथमिक विद्यालयको ७२औँ वार्षिकोत्सव तथा अविभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिर्थबहादुर विशुरालको अध्यक्षतमा भएको कार्यक्रममा वडा अध्यक्ष कृष्ण रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाभाटले पछिल्लो समय गाँउ छाडेर शहर जाने क्रम बढेपछि गाँउका प्राथमिक विद्यालयमा विद्यार्थीहरुको संख्यामा कमी आएको बताए । यसका लागि सबै पक्ष एकजुट हुन आवश्यक रहेकोमा उनले जोड दिए ।

वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पराजुलीले वार्षिक तथा आर्थिक आयव्याय प्रस्तुत गरेका थिए । त्यस्तै भने कार्यक्रमको सञ्चालन शिक्षिका शर्मिला बोहोराले गरेकी थिइन् ।
वार्षिकोत्सव समारोहमा विद्यार्थी, आभिभावक, जनप्रतिनिधिलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया