बारा । करैयामाइ गाउँपालिकाको अर्थिक सहयोग र स्वास्थ कार्यालय बाराको आयोजनामा लौतन सिहोर्वा स्वास्थ चौकीमा आज परिवार नियोजन बन्धनकरण शिविर सम्पन्न भएकाे छ । करैयामाइ गाउँपालिका अध्यक्ष शम्भुप्रसाद यादवको प्रमुख अतित्थामा सम्पन्न उक्त कार्यक्रममा ४६ जना महिलाहरूले स्थायी परिवार नियोजन गराएका छन् । उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले यस्ता शिविरले निश्चित रूपमा जनसंख्याको अनुपातलाई स्थिर गर्ने तथा परिवारको उन्नति प्रगतिमा ठुलो सहयोग पुर्याउने बिश्वास व्यक्त गरे ।
साथै गाउँपालिकाले गाउँपालिका भरी नै विभिन्न स्वास्थ शिविरको आयोजना गरि गाउँपालिकाका नागरिकको स्वास्थ्यको ख्याल राख्ने गरि काम गर्ने बताएका थिए । वाड न ४ का वाडाध्यक्ष एकलाख बाबू अन्सारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा करैयामाइ गाउँपालिकाका उपाध्यक्ष सुनैना कुमारी चौधरी, वडा न १ का वडाध्यक्ष सोनालाल साह, प्रमुख प्रशासकीय अधिकृत अनुज आचार्य, करैयामाइ गाउँपालिकाका स्वास्थ्य संयोजक अमरेन्द्रकुमार गुप्ता लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया