सामाजिक अभियन्ता प्रकाश थारू

बारा । उमेरले ५५ वर्षका भए प्रकाश थारू । उनको प्रयार्यवाची हो दीनदुःखीको सेवा गर्नु । विभिन्न सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका छन् उनले । बालबालिकाको हकहित, महिला अधिकार, बालविवाह, दाइजोजस्ता सामाजिक कुरीति विरुद्धको अभियान, आर्थिक अवस्था कमजोर भई औषधोपचार गराउन नसक्नेलाई सहयोग गर्न उनी पछि पर्दैनन् । असहायलाई औषधोपचार गराउनु, सडक पेटीमा कष्टकर जीवन बिताउने रोगी, वृद्ध, बालबालिका, महिलाहरूलाई उद्धार गरी मानव सेवा आश्रममा पु¥याउने, खाना, नाना र छाना व्यवस्थापन गर्नुको साथै पारिवारिक पुनर्मिलनसमेत गराउँदै आएका छन् उनले । विभिन्न प्रकोपमा परेकाका लागि उनी सहयोगी बन्छन् ।

उनले बाल्यकालमा देखेकोे घटना घटनाले उनलाई समाजिकरूपमा काम गर्न प्रेरणा बन्यो । उनी सानै हुँदा एक छिमेकी गर्भवती महिलाले रगतको अभावमा बच्चा जन्माउन नसकेका कारण छोरीको जन्म दिएर उनको मृत्यु भयो । आमाको मृत्यु भए पनि छोरी भने बाँचिन् । यो घटनाले चौधरीको मनमा चोट पुग्यो । यसरी रगतको अभावमा कसैलाई मन दिनु हँदैन भन्ने उनलाई लाग्यो ।

समाजसेवी चौधरीकै पहलमा बाराको कलैया उमनपा–३ को आठ परिवार मुसहरको घर बनाएर पुनर्बासको व्यवस्थापनमा टेवा पु¥याए । अभियान चलाएर विभिन्न ठाउँमा स्वच्छ खानेपानी, चौतारा बनाए उनले । विभिन्न विद्यालयहरूमा गरिब जेहेन्दार विद्यार्थीका लागि कपी, किताब, पोसाकको समेत व्यवस्थापन गर्नु भ्याएका छन् उनले । दूरदराजको गाउँको विभिन्न प्रहरी पोस्टहरूमा विपत व्यवस्थापनको सामग्री व्यवस्था गरेको लगायत आदि सामाजिक कार्यमा सक्रिय छन् चौधरी । सामाजिक कार्यमा सक्रिय भएका कारण चौधरीले धेरै सम्मान र कदरपत्र पाएका छन् ।

उनको सामजिक कामको अर्को पाटो हो, रक्तदान । उनले थाहा पाएसम्म कुनै पनि व्यक्तिलाई रगतको अभाव हुन दिँदैनन् । त्यस्तो अवस्थामा उनी जोकोहीलाई सहयोग गर्छन् । यस्तै औषधोपचारमा पहुँच नभएका गरीब दीनदुःखीलाई अस्पतालसम्म पु¥याई औषधोपचार गराएको धेरै घटना छन् ।
बाँच्नलाई त हरेक प्राणी आफ्नो र घर परिवारको लागि बाँचेको हुन्छ । तर, अरूको सुख दुःख र अरूको जीवनको अस्तित्व वोध गराएर बाँच्ने आधार र प्रेरणा दिने व्यक्तिलाई सामाजिक रूपमा सम्मानले हेरिन्छ । समाज सेवाको क्षेत्रमा आफ्नो पहुँच र लागिपर्ने जल्दोबल्दो उदाहरणको रूपमा थारूलाई लिन सकिन्छ ।

थारू भन्छन्, ‘मानिस भएपछि केही गर्नुपर्छ ।’ यो पाठ सिकाउने समेत जल्दोबल्दो पात्र हुन् उनी । मान्छे आफ्नालागि सजिलै बाँच्छ, अरूका लागि केही गरौँ भनेर बाँच्ने कमै हुन्छन् । समाजमा दबेर रहने, दलित तथा दीनदुखियालाई अरू व्यक्तिसरह जीवन अधिकार प्रत्याभूति दिन उनी सक्रिय छन् । आफ्नो विवेक र बुद्धिको प्रयोग गरी उनीहरूलाई सम्मानपूर्वक जीवनयापन गर्ने बाटो देखाउन उनी लागिपरेका छन् । सानैदेखि चञ्चल, शान्त, सबैसँग मिलीजुली बस्ने, मिलनसार, सरल र उदार स्वभावका प्रकाश थारू सबैका लागि प्रेरणाको पात्र हुनु । सानै उमेरदेखि असल व्यक्तिको संगत पाएर सामाजिक कार्य, पत्रपत्रिका र सामान्य संगीतमा अभिरुची राख्दै आए उनले ।

प्रतिक्रिया