फालेलुङ गाउँपालिका अखिल नेपाल महिला संघको अध्यक्षमा पनिता राई

पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिकाको दोस्रो अधिवेशनबाट अखिल नेपाल महिला (अनेम) संघको अध्यक्षमा पनिता राई चुनिएकी छन् । राईको अध्यक्षमा १५ सदस्य अनेमसंघ गठन गरिएको जिल्ला अध्यक्ष मुना नेम्वाङले जानकारी दिइन् ।

उपाध्यक्षमा देवकुमारी गिरी, सचिवमा प्रनिता लावती, सहसचिवमा सुष्मा राई, कोषाध्यक्षमा, गिता कडरिया लगायत १५ सदस्य सर्वसहमतिले चयन भएका छन् । उक्त अधिवेशन जिल्ला अध्यक्ष मुना नेम्वाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

अधिवेशनलाई एमाले जिल्ला उपसचिव पृथ्वी लावती, पालिका इञ्चार्ज, सचिवालय सदस्य जयप्रकाश केरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए । एमाले पाँचथर जिल्लाको वार्षिक कार्ययोजनाअन्तर्गत फागुनभित्र गाउँ र पालिकास्तरीय बैठक अधिवेशन, जिल्ला भेला गर्ने तय भए अनुसार कार्यक्रम सञ्चालन भइरहेको प्रचार विभाग प्रमुख तुलसी थापाले जानकारी दिए ।

प्रतिक्रिया