काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय ‘विशाल लुम्बिनी’ लोकदोहोरी अवार्ड हुने भएको छ । उक्त अवार्डको साथै केही सम्मान कार्यक्रम आगामी फागन १ गते हुने आयोजकले जनाएका छन् ।
स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेशनको सहयोगार्थ विशाल मुभिज प्रालिद्वारा आयोजित ‘तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८०’ को कार्यक्रम तथा स्रष्टा सम्मान फागुन १ गते चलचित्र विकास बोर्ड चाबहिलमा हुने भएको हो ।
गण्डकी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा लोक तथा दोहोरी गीतसँग सम्बन्धीत ३२ विधाका करिब ५० भन्दा बढी कलाकारहरुलाई उत्कृष्ट अवार्ड वितरण गर्न लागिएको विशाल मुभिजका उपाध्यक्ष तथा अवार्ड कार्यक्रमका संयोजक धिरज खत्रीले जानकारी दिए । सो कार्यक्रमको अवसरमा नेपाली लोक संगीतमा क्रियाशील करिब एक दर्जन अग्रज तथा अनुज स्रष्टा, सर्जक, र केही पत्रकारहरु सम्मानित हुने उनले बताए ।
कार्यक्रममा लोकगायक राजु परियार, गायिका सिर्जना विरही थापा, गायक सुरेन्द्र गुरुङ, गायिका जमुना राना, गायक तथा सर्जक रामचन्द्र चन्द, नायक शितल केसी, संगीत संयोजक राकेश सोनी, पत्रकार कबिराज ढकाल, मोफोसलका पत्रकार दिपेन्द्र थापामगर लगायतलाई विभिन्न विधाबाट सम्मानित गर्न लागिएको विशाल मुमिजका अध्यक्ष हुम गैरेले जानकारी दिए ।
यसभन्दा अगाडिका संस्करणहरु निष्पक्षताका साथ सम्पन्न भएकाले यो तेस्रो संस्करणमा धेरै कलाकारहरुको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको अवार्ड कार्यक्रमका संरक्षक तथा वरिष्ठ लोकगायक इन्द्र जिसीले जिकिर गरे ।
प्रतिक्रिया