१३ वर्षीया बालिकाको सामूहिक बलात्कार गर्ने चार जना पक्राउ

महोत्तरी । जिल्लाको सम्सी गाउँपालिका–२ पर्सामा १३ वर्षीया बालिकालाई चार जनाको समूहले बलात्कार गरेको घटना बाहिरिएको छ । २०८० माघ २२ गते मंगलबार राति चार जनाले आमा र हजुरआमालाई घरमा थुनेर लुटपाट समेत गरेका थिए ।

बालिकालाई घरबाट १ किलोमिटर दूरीमा रहेको बाँसघारीमा लगि करकापमा पारी चार जनाले पालैपालो बलात्कार गरेको पीडितले बताएकी छन् । पीडित बालिकाको आमा बोल्न न सक्ने र बालिका डराएको कारण २०८० माघ २५ गते मात्र प्रहरीमा जाहेरी दिए पछि पीडित बालिकाको बयानअनुसार प्रहरीले सोहि ठाउँ बस्ने वर्ष २० को उमैद मोमिन, वर्ष २१ को अनवर अंसारी र भारत बिहार राज्य सितामढि जिल्ला रतनपुर पञ्चायत –१५ बस्ने वर्ष २१ का जियाउल अंसारीलाई माघ २५ गते पक्राउ गरेकोे जिप्रका महोत्तरीले जनाएको छ ।

सोहि दिन बलात्कृत बालिकाको स्वास्थ्य परीक्षण जलेश्वर प्रादेशिक अस्पतालमा गरिएको छ । चार जनाको समूहमा रहेका लुटेराहरूले स्थानीय सुरेन्द्र चौधरीको घरबाट १० हजार रुपैयाँ लुटपाट गरेका सम्सी गाउँपालिका–१ का वडाध्यक्ष विपिन बिहारीले बताए ।

महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्यााद लिई जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक महेन्द्र खडकाको नेतृत्वमा बालिका बलात्कार घटना सम्बन्धि थप अनुसन्धान भइरहेको र फरार रहेको आरोपितको खोजी तीव्र गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

अमानवीय व्यवहार गर्ने पक्राउ

पिपरा गाँउपालिका–६ बस्ने ४५ वर्षीय रामकुमार शर्मालाई पुरानो लेनदेन कारण अमानवीय रुपमा ब्यबहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको छ ।

धनुषाधाम नगरपालिका–५ प्रेमनगर बस्ने ४२ वर्षीय नरेश मण्डललाई ०८० माघ २३ गते पुरानो रकम लेनदेनमा विवाद भएपछि आफ्नै घरमा रहेको सिमेन्टको पोलमा बाँधि गालीगलौज गर्दै अमानवीय ब्यवहार गरेको पीडितले बताएका छन् ।

घटनाबारे ०८० माघ २४ गते जिप्रकामा पीडितले जाहेरी दिएको आधारमा आरोपितलाई पक्राउ गरिएको डिएसपी दिलिप गिरिले जानकारी दिए । २४ गते जिल्ला अदालत महोत्तरीबाट सातदिनको म्याद लिई घटनाबारे थप आवश्यक अनुसन्धान भइ रहेको जिप्रका महोत्तरीका प्रनि महेन्द्र खड्काले बताए ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया