इलाम । विगत तीन दिनदेखि एक बालक इलामको रोङ गाउँपालिबाट बेपत्ता भएका छन् । धरान उपमहानगरपालिका–८ दुर्गामार्ग सुनसरीका विजय तामाङको ६ वर्षीय छोरा निर्बिक तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय इलामका डिएपी प्रकाश जवेगूले जानकारी दिए ।
रोङ गाउँपालिका–२ दुधेस्थित मावली घरमा हजुरआमासँग आएका बालक बिहीबार पसल जान्छु भनी घरबाट निस्किएका थिए । गहुँगोरो वर्णको अन्दाजी ३ फिट उचाईको कालो रंगको ट्र्याक र सुन्तला रंगको जम्फर लगाएका बालक घर नफर्नेपछि बेपत्ता भएको परिवारले थापा पाएको डिएसपी जवेगूले बताए ।
बालक घर नफर्केपछि आफन्त र छरछिमेकमा खोजतलास गर्दा समेत फेला नपरेपछि परिवारले प्रहरीमा खबर गरेका थिए ।
प्रतिक्रिया