अखिल नेपाल किसान महासंघको दोस्रो नगर अधिवेशन सम्पन्न

पाँचथर । जिल्लाको फिदिम नगरपालिका १४ वटा वडाको सहभागितामा अखिल नेपाल किसान महासंघको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार फिदिममा आयोजित अधिवेशनबाट रविन चापागाईंको अध्यक्षमा २९ सदस्य नगर कमिटी सर्वसहमतिले चयन गरेको छ ।

उपाध्यक्ष हेमन्द्र वान्तवा राई, सचिव अनिस दुलाल, सहसचिव लक्ष्मी मगर, कोषध्यक्ष्य सीता राई लगायत २९ सदस्य कमिटी गठन गरिएको किसान महासंघ जिल्ला अध्यक्ष महेन्द्र लुइटेलले जानकारी दिए । उक्त अधिवेशन अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य मानबहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

अधिवेशनमा किसान गंगाबहादुर राईले स्वागत मन्तव्य राखेका थिए भने अनेमसंघ नगर अध्यक्ष लक्ष्मी नेम्वाङ, नगर कमिटी सचिव दिपेन्द्र तुम्वापो लगायतले शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा आगामी फागुन २५ गते जिल्ला अधिवेशन तयारी भइरहेको समेत किसान महासंघ जिल्ला अध्यक्ष महेन्द्र लुइटेलले जानकारी दिए ।

प्रतिक्रिया