कोशी सरकार र पहिचान पक्षधरबीच ४ बुँदे सहमति

काठमाडाैं । कोशी प्रदेश नामकरणविरुद्ध आन्दोलन गरिरहेका पहिचानवादी पक्ष र कोशी सरकारबीच ४ बुँदे सहमति भएको छ । शुक्रबार विराटनगरस्थित बिग होटेलमा कोशी सरकारले बनाएको वार्ता समिति र पहिचानवादी नेतृत्वबीच संविधानसम्मत ढंगले प्रदेशकाे पुन: नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्त रूपमा पहल गर्ने सहमति भएकाे हो ।

सहमतिअनुसार पहिचान पक्षधरले निषेधकाे आन्दाेलन फिर्ता लिएर शान्तिपूर्ण आन्दाेलन गर्ने, आन्दाेलनमा घाइते भएकाहरूकाे निःशुल्क उपचार, आन्दाेलनकारीहरूमाथि लगाइएकाे मुद्दा प्रदेश सरकारले फिर्ता लिने र १० फागुनअघि दुवै पक्षकाे सहमतिमा पुनः वार्ताका लागि मिति ताेक्ने सहमति भएकाे वार्ता समितिका संयाेजक भाैतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताए ।

प्रतिक्रिया