लत्ताकपडा र खुद्रा सामानहरू लोड भएको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । लत्ताकपडा तथा खुद्रा सामानहरू लोड भएको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका– १४ गण्डकचोकस्थित सडकखण्डमा ना ३ ख ४४१५ नम्बरको मालवाहक ट्रकमा राजश्व छली चोरी गरी विल विजकभन्दा बढी सामानहरू लोड गरी वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको चेकिङ टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उक्त मालवाहक ट्रकमा सामानहरु … बिलमा उल्लेखित भन्दा बढी लोड भएको आशंका रहेको तथा सो बिल बिजक शंकास्पद देखिएपछि ना ३ ख ४४१५ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मालवाहक ट्रकभित्र लोड भएको कपडा तथा खुद्रा सामानहरु उल्लेखित बिल अनुसार ४४, ५५, ६८३ (चौवालीस लाख पचपन्न हजार ६ सय त्रियासी) बराबरको रहेको र आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया