७३ बोरा गाँजासहित पनौतीबाट तीन जना पक्राउ

काभ्रे । आज बिहान काभ्रे जिल्लाको पनौतीबाट ७३ बोरा गाँजा सहित तीन जना लाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ८:३० बजेको समयमा काभ्रे पनौती ५ आईटी पार्कस्थित पनौती बनेपा सडक खण्डमा प्रहरीकाे चेकिङ टोलीले सवारी चेक जाँच गर्ने क्रममा पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ६ च २९६ नम्बरकाे डिआई गाडीबाट अप्रशोधित गाँजा (भर्खर काटेको जस्तो हरियो देखिने) प्लाष्टिकको बिभिन्न साईजको ७३ बोरामा २८५ केजी गाँजा, गाडी सहित ३ जना मानिसहरुलाई नियन्त्रणमा लिएकाे हाे ।

पक्राउ परेका मानिसहरूलाई ईप्रका बनेपामा ल्याई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएकाे छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ पर्नेमा गाडी चालक नुवाकोट बिदुर ११ घर भई हाल काठमाण्डौ बालाजु डेरा गरी बस्ने बर्ष ३५ को बुद्धमान तामाङ, रामेछाप जिल्ला रामेछाप नपा ८ घर भई हाल काठमाण्डौ बालाजु डेरा गरी बस्ने बर्ष २० को संजिब तामाङ, रामेछाप ८ घर भई हाल काठमाण्डौ बालाजु डेरा गरी बस्ने बर्ष ५३ की बिमला तामाङ रहेका छन् ।

प्रतिक्रिया