पाँचथर । जिल्लाको फिदिम नगरपालिका– १० खलंगाटार याङनाममा नेपालका १६औँ राष्ट्रिय विभूति एवं किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको सालिक अनावरण गरिएको छ ।
लिङ्देनको सालिक मंगलबार एक समारोहबीच किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले गरेका हुन् । फिदिम नगरपालिकाको १० लाख रुपैँयासहित देश विदेशका दाताले उपलब्ध गराएको ३० लाख रुपैँया लागतमा सालिक निर्माण गरिएको जनाइएको छ ।
सालिक अनावरणपश्चात कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले महागुरु फाल्गुनन्दले देखाएको बाटो नहिँडेकै कारण याक्थुङ लिम्बू समुदाय सामाजिक र शैक्षिक रुपमा अगाडि बढ्न नसकेको टिप्पणी गरे ।
प्रतिक्रिया