जनता हितका लागि जटही नाकामा हनुमान आराधना

धनुषा । भारत युपीको अयोध्यामा निर्माण भएको भव्य श्रीरामललाको मन्दिर समुद्घाटन तथा प्राण प्रतिष्ठा अनुष्ठानको शुभ अवसरमा नेपालको धनुषालाई भारतको पिपरौनसँग जोडने धनुषाको जटही भन्सार नाकास्थित महादेव मन्दिरमा हनुमान आराधना गरिएको छ । नेपाल–भारत खुल्ला सीमा संवाद समूह र नेपाल–भारत सीमावर्ती नागरिक समाजले संयुक्त रूपमा उक्त कार्यक्रम गरेको हो ।

मंगल कामना र दुई देशको सम्बन्धलाई थप प्रगाढ पार्दै सीमावर्ती दुवै तर्फका जनताको हितका लागि कार्यक्रमको आयोजना गरिएको दुवै संस्थाका अगुवाहरूले बताएका छन् । समूह र समाजका अध्यक्षद्वय क्रमशः राजीव झा र मुरली मनोहर मिश्रले दुवै देशका अगुवाहरू मिलेर नाकामा आजको शुभ दिनमा गरिएको कार्यक्रमले दुईतर्फी हित हुने बताए । सो अवसरमा समूह र समाजका प्रदीपकुमार चौधरी, रितेशकुमार चौधरी, डा.अजय झा सहितको सहभागिता थियो ।

प्रतिक्रिया