बाराबाट ५३ तोला चाँदीको गहनासहित दुई जना पक्राउ

बारा । बारा प्रहरीले ५३ तोला चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाका धरान उपमहानगरपालिका– ५ का गुजराज बिक र इटहरी नगरपालिका– ३ का बद्री बिक रहेको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनालाई चेकजाँचको क्रममा चाँदीसहित पक्राउ गरेको प्रहरीले जनाएको हो ।

विशेष सुचनाको आधारमा प्रहरी चौकी पथलैयाबाट खटेको टोलीले वीरगञ्जबाट काठमाडौं जादै गरको बा. प्रा. ०२–०२७ प १८५१ नम्बरको स्कुटीलाई रोकेर चेकजाँच गर्दा उक्त स्कुटीबाट ५३ तोलाको चाँदीको गहना बरामद भएको बारा प्रहरीका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

उनीहरुको साथबाट प्रहरीले २२ थान चाँदीको लकेट, ३३ थान चाँदीको औँठी, १८ थान चाँदीको मंगलशुत्र, २६ थान चाँदीको कानको टप, ७० थान चाँदीको गणेश लकेट गरेर ५३ तोला चाँदीको गहना बरामद गरिएको छ ।घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया