बारा । अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राण प्रतिष्ठा गरेको अवसरमा बाराको विश्व प्रशिद्ध गढीमाईको मन्दिरमा दिप प्रज्ज्वलन गरिएको छ।
सोमबार महागढीमाई नगरपालिकाको प्रशासनिक भवनको उद्घाटनसँगै नगरप्रमुख उपेन्द्र प्रसाद यादवको नेतृत्वमा गढीमाई मन्दिरमा दिप प्रज्वलन गरीएको हो ।
सोमबार भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरिएको थियो । सो अवसरमा गढीमाई मन्दिरमा नगरप्रमुख यादवको नेतृत्वमा एक लाख ५१ हजार दिप प्रज्वलन गरीएको छ ।
दिप प्रज्वलन कार्यक्रममा महागढीमाई नगरपालिकास्थित सम्पूर्ण बरियारपुर बासी, सम्पूर्ण विद्यालयको छात्रछात्राहरुले सहयोग गरेको हुनाले एक लाख ५१ हजार दिप प्रज्वलन गर्न सफल भएको नगरप्रमुख यादवले बताए ।
भगवान् रामको ससुराली नेपालको जनकपुर भएकाले उनका प्राण प्रतिष्ठा सबै घर–घरमा दिप प्रज्वलन गर्दै मन्दिरमा पनि दिप प्रज्वलन गरी दिपावली मनाएको नगरप्रमुख यादवले बताए । साथै भारतसँग भगवान् राम र माता सिताको विवाह सम्बन्धलाई रोटी बेटीको सम्बन्धसमेत भएको नगरप्रमुख यादवले बताए ।
प्रतिक्रिया