सिराहा । छिमेकी देश भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सिराहाको विभिन्न स्थानहरुमा रथ यात्रा , दिपप्रज्वनलगायतका कार्यक्रम गरिएको छ । सिराहाको लहान, गोलबजार, मिर्चैया र सिराहालगायका स्थानहरुमा रथ र्याली तथा विभिन्न कार्यक्रम गरिएको हो ।
लहानमा निकालिएको रथयात्रा र्याली सम्पन्न भएको छ भने साँझ एघार हजार एक सय एघार दिपप्रज्वलन कार्यक्रम समेत गरिने छ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा लहान नगरपालिका– ७ मा रहेको राम मन्दिरबाट सुरु भएको रथ र्याली पूर्व–पश्चिम राजमार्ग तथा चारैतिर बजार बस्तीहरु परिक्रमा गरेर र्याली सम्पन्न भएको छ ।
उक्त र्यालीमा लहान नगरपालिकाका नगरप्रमुखलगायत हजारौँको संख्या भक्तजनहरुको सहभागिता रहेको थियो । राम मन्दिरको स्थापनाको स्वागत गर्दै लहानबासीले रथ र्याली तथा साँझ दिपप्रज्वलन र विभिन्न कायक्रमहरुको त्यारी गरिएको छ । राम बन्वासबाट फर्किएको सम्झना स्वरुप रथ यात्रा र एघार हजार दिप प्रज्वलन कार्यक्रम राखिएको हो । भगवान् राम १४ वर्षको बनवास बसेर अयोध्या फर्किँदा दिपप्रज्वलन गरिएको थियो ।
प्रतिक्रिया