आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा भूकम्प क्षतिग्रस्त संरचना पुनः निर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार आठबिसकोट नगरपालिकाको आयोजनामा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माको उपस्थितिमा राडीबजारमा अन्तरक्रिया सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीयले अस्थायी आवास निर्माण, पुनः निर्माण र राहतका विषयमा सवाल उठेका थिए । कार्यक्रममा बोल्दै पूर्वमन्त्री जनार्दन शर्माले पुनः निर्माणको लागि भूकम्प प्रभावित क्षेत्रमा चाँडै भूकम्प प्रतिरोधी नमुना घर बन्ने बताएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा दक्ष कामदारलाई सिकाउने र सिक्ने विधि अवलम्बन गरी भूकम्प प्रतिरोधी नमुना घर बनाउने योजना अगाडि सारेको उनले बताए । पूर्वमन्त्री शर्माले गाउँका दक्ष कामदारलाई भूकम्प प्रतिरोधी घर बनाउने तरिका सिकाउने गरी भूकम्प प्रभावित गाउँका क्षतिग्रस्त घरहरु पुनः निर्माण जानकारी दिए ।
गाउँमै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित अब भूकम्प प्रतिरोधिीघर निर्माणतर्फ लाग्ने भन्दै शर्माले गाँस, बाससँगै पुनः निर्माणलाई जोड दिने बताए । पुनः निर्माण मात्रै अहिलेको आवश्यकता नभएर आम मानिसलाई उत्पादनमा जोडेर मात्रै अगाडि बढ्नुपर्ने उनले बताए । चाँडै पुनः निर्माणको काम सुरु हुने गरी आफूहरु र सरकार लागिरहेको शर्माको भनाई छ ।
अन्तरक्रिया कार्यक्रममा आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रहरी प्रमुख नमराज भट्टराईलगायत जिल्लास्थित राजनैतिक दलका प्रतिनिधीहरु, स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
रुकुम पश्चिम
प्रतिक्रिया