मधेस सरकारले स्वाभिमान दिवस मनाउने

जनकपुरधाम । मधेस सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने भएको छ । माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने बिहीबार बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

३ माघ २०७८ कै दिन तत्कालीन ‘प्रदेश नं. २’ को नाम मधेस प्रदेश नामकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो । त्यस दिनलाई स्वाभिमान दिवसको रूपमा मनाउने निर्णय भएको मधेस सरकारका प्रवक्तासमेत रहेका गृह सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए ।

त्यस्तै माघ ५ गते मधेस सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेस आन्दोलनकासहित परिवार र घाइतेलाई आर्थिक सहयोग पनि गर्ने निर्णय भएको मन्त्री समिमले बताए ।

प्रतिक्रिया