पोखरियाको सातौँ नगरसभाको तेस्रो बैठक सम्पन्न

पर्सा । पर्साको पोखरिया नगरपालिकाको चालु आव २०८०/०८१ को सातौँ नगर सभाको तेस्रो बैठकको बिशेष नगरसभा सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको सभा हलमा बिहिबार देखी सुरु भएको नगरसभा शुक्रवार सम्पन्न भएकाे हाे ।

पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानको अध्यक्षतामा भएकाे बिशेष नगरसभामा प्रमुख अतिथि ज्येष्ठ नागरिक उर्मिला देबी, बिशिष्ठ अतिथि नगर उप-प्रमुख रूबी ठाकुर, अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, वडाध्यक्ष प्रमोद गिरी, केदार महतो, राम प्रवेश चौहान, लक्षमण साह कानू, महेन्द्र महतो, सीमानंद चौहान, परमामनन्द प्रसाद कुर्मी,किशोरी साह,नौसाद आलम, सोनालाल साह,कार्यपालिका सदस्य अजय कुमार,राजा साह, रामबचन महतो, सुगन्धि देवी, सीमा देवी,चुरी देवी, वड़ा सदस्यहरु, नगरपालिकाका शाखा प्रमुख र कर्मचारीहरुकाे सहभागिता रहेको थियो ।

बिशेष नगरसभामा वडाध्यक्ष, वडा सदस्य तथा कार्यपालिका सदस्यहरूले उठाएको विभिन्न प्रश्नको जवाफ दिंदै नगर प्रमुखले नगरपालिकाको काम काजलाई चुस्त दुरुस्त तथा अझ प्रभावकारी बनाउन कर्मचारीलाई आग्रह गरे । साथै उनले सेवाग्राहीले लिने सेवा अझ प्रभावकारी बनाउँन शाखा प्रमुखहरुलाई निर्देशन पनि दिए ।

बिशेष नगरसभामा पोखरिया नगरपालिकाको सबै शाखा प्रमुखहरुले आ-आफ्नो शाखाको बिषयमा २०८० पुस २६ गते सम्मको शाखा स्तरीय प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया