राप्ती नदीमा बस खस्दा १२ जनाकाे मृत्यु

काठमाडाैं । दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा १२ जनाकाे मृत्यु भएकाे छ । गए राति साढे १० बजे नेपालगञ्जबाट काठमाडाैंका लागि छुटेको नमस्ते यातायात प्रालिको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा परेको हाे ।

मृत्यु भएका १२ जनामध्ये आठ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाँकेकी ६० वर्षीया कुसुम बस्नेत, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरीका ६५ वर्षीय ताराकान्त पाण्डे, भारतकाे उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी र भारत विहारका ६७ वर्षीय जोगेन्द्र राम रहेका छन् । दुर्घटनामा मृत्यु भएका अन्य चार जनाकाे सनाखत हुन बाँकी रहेकाे इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नीरीक्षक उज्ज्वल सिंहले बताए । घाइतेमध्ये केहीकाे बुटवल र नेपालगञ्ज तथा केहीकाे भालुवाङ अस्पतालमा उपचार भइहरेकाे छ ।

प्रतिक्रिया