लालबन्दी । सर्लाहीको लालबन्दीमा रहेको जनकृषी सहकारीको १३ औं वार्षिक साधारणसभा शुक्रबार सप्पन्न भएको छ । सहकारीका अध्यक्ष महेन्द्र महतोको अध्यक्षता एवम् मधेस प्रदेशसभा सदस्य बेची लुंगेलीको प्रमुख आथित्यमा साधारणसभा सप्पन्न भएको हो । सहकारीले गएको आर्थिक वर्ष २०७९/०८० मा कूल ११ करोड ९ लाख ९३ हजार ५९७ रुपैयाँ ११ पैसा कारोबार गरी ९ लाख ९१ हजार ७ सय १७ रुपैयाँ ९० पैसा खुद मुनाफा आर्जन गरेको संस्थाका प्रवन्धक हरेन्द्रकुमार झा (बिपीन) ले जानकारी दिए । सहकारीको वार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमसमेत भएको थियो । कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन ।
राष्ट्रिय सहकारी बैंक हरिवन शाखाका प्रवन्धक नारायण लामिछानेको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा वडाध्यक्षहरु, सहकारीका पुर्व पदाधिकारीहरु लगाएतको सहभागीता रहेको थियो । ३२२ जना शेयर सदस्य रहेको साधारणसभामा आगामी रणनीति एवम् कार्ययोजनाको बारेमा समेत छलफल गरिएको संस्थाका सचिव कृष्ण दाहालले जानकारी दिए ।
प्रतिक्रिया