रौतहट । रौतहटको दुईवटा पालिकामा तालाबन्दी गरिएको छ । जिल्लाको गरुडा नगरपालिकामा गत शुक्रवार देखि तालाबन्दी गरिएको छ, भने जिल्लाको कटहरिया नगरपालिकामा हिजोदेखि तालाबन्दी गरिएको हो । कटहरिया नगरपालिकामा उपमेयर रिता देवि यादव, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यले तालाबन्दी गरेका हुन् । सोमबार गएको उनीहरुको टोली ताल्चा लगाइ दिएका हुन् ।
नगरप्रमुख अजय प्रकाश जयसवाल र प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंह बैठकमा सहभागी नभएको कारण तलाबन्दी गर्नुपरेको उनीहरुको भनाइ छ । कटरिया नगरपालिकाकोको मेयर अजय प्रकाश जयसवालको कर्तुत, बेइमनी र भ्रष्टाचारले गर्दा आज नगरपालिकामा तालाबन्दी भएको छ । उनीहरुले ८ बुँदे शर्त पनि राखेका छन् ।
यता जिल्लाको गरुडा नगरपालिकामा आफ्नो आफनो हक अधिकारको मांग गर्दै गरुडा नगर कार्यापालिकाको कार्यालयमा उपप्रमुख पुनम चौधरी र वडा अध्यक्षहरु तथा कार्यपालिका सद्स्यहरु सहित सदस्यहरुले तालाबन्दी गरेका छन् ।
उनीहरुले नगरसभाको निर्णय सार्वजवनक गर्नुपर्ने , आव २०७९।८० को खर्च कार्यपालिका बैठकमा पेश गर्नुपर्ने,गोजीका करारका कर्मचारी खारेज गर्नुपर्ने ,उपप्रमुख र वडा अध्यक्षहरुको हक अधिकार दिनुपर्ने लगायतका माग राखेका छन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया