महोत्तरीको गौशाला बहुमुखी क्याम्पसद्वारा सांसद लक्ष्मी महतो काेइरीलाई सम्मान

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकास्थित गौशाला बहुमुखी क्याम्पसले सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसले सोमबार बिहान एक कार्यक्रमको आयोजना गरी प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो काेइरीलाई अबिर, दोसल्ला तथा मायाको चिनो सहित सम्मान गरेको हाे ।

कार्यक्रममा गौशाला बहुमुखी क्याम्पस प्रमुख दुर्गाप्रसाद सिंहले क्याम्पस संचालन गर्न विभिन्न किसिमको समस्याको विषयमा जानकारी गराएका छन् । बन्द अवस्थामा रहेको क्याम्पस संचालन भए लगतै वि.वि.एस र वी.एड. गरी ३५ जना विद्यार्थीहरुले एडमिसन गराएका थिए, भने अबको सेससनमा ६० भन्दा विद्यार्थी भर्ना गराई सेसनको पनि व्यवस्थापन गर्नु पर्ने क्याम्पसका प्रिन्सिपल दुर्गा प्रसाद सिंहले बताए । सिंहले क्याम्पसको व्यवस्थापन र गुणस्तरीय शिक्षाको लागी यस क्याम्पसका सम्पूर्ण कर्मचारी अग्रसर रहेको बताए ।

गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले गौशाला बहुमुखीलाई अझ व्यवस्थितको साथ साथै क्याम्पसको आफ्नो जग्गामा भवन तथा बस सेवा चाडै नै संचालन गरी गौशाला बहुमुखी क्याम्पसलाई अझ व्यवस्थित तरिकाले संचालनमा ल्याउने मेयर महतोको तैयारी रहेको बताए । गत आवमा नगरपालिकाकाद्वारा केही बजेट राखेको थिए र अब आउने हिउँदे अधिवेशनबाट थोरै बजेट अझ राखी विद्यार्थीहरुको अति आवश्यक पुस्तकालयको व्यवस्थापन गर्न सक्यो भन्ने यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई केही आर्थिक बचत हुने डा. महतोले बताए ।

सोही कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य लक्ष्मी महतोले दश महिनाको प्रवासमा रहेको कारण क्याम्पसप्रति कुनै किसिमको बजेट अथवा सहयोग गर्न नसकेकाे बताए । अब उपरान्त यस क्षेत्रका सम्पूर्ण विद्यालयहरुमा तीनै तहको सरकारसंग समन्वयन गरि यस क्षेत्रको शिक्षालाई गुणस्तरीय बनाउन अहम भूमिका निर्वाह गरी अगाडी बढने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया