बारा । पछिल्लो केहीदिन यता तापक्रम निरन्तर घट्दा मुलुकभर चिसो बढेको छ । अत्यधिक चिसोले पठनपाठनमा समस्या भएपछि बाराका स्थानीय तहले विद्यालयमा बिदा दिन थालेका छन् । बाराको जेतापुरसिमरा उपमहानगरपालिकाले विद्यालयमा ३ दिनको बिदा दिएको छ ।
चिसो बढेको र शीतलहर समेत चल्ने भएकाले बिदा दिने निर्णय गरिएको उपमहानगर प्रमुख राजन पौडेलले बताउनुभयो । विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै पुष २४ गते देखि २६ गतेसम्म विद्यालयमा बिदा दिईएको उनले जानकारी दिए ।
‘विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै पुष २६ गतेसम्म ३ दिन विद्यालय बन्द हुनेछन,’ उनले भने, ‘सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय हुनेछन् ।’ अत्यधिक जाडो भएकाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने डर भएकोले जीतपुरसिमरा उपमहानगरमा वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा दिईएको प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले बताए ।
यस्तै कलैया उपमहानगरपालिकाले पनि आफ्नो उपमहानगर भित्र रहेका बिद्यालयमा चिसो बढेसँगै ३ दिन जाडो विदा दिएको छ । शिक्षा विकास तथा समन्वय ईकाई बाराले बर्षे विदाबाट कट्टा हुने गरि जाडो बिदा दिन सबै पालिकालाई आग्रह गरेको छ ।
बारा
प्रतिक्रिया