काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गर्न दरखास्त आह्वानको सूचना रद्द भएको छ । नाम सिफारिसका लागि बनेको छनोट तथा सिफारिस समितिको पुस २१ गते बसेको बैठकले सूचना रद्द गरिएको जनाएको हो ।
विश्वविद्यालयको कुनै पदमा तीन वर्ष काम गरेको हुनै पर्ने प्रावधान राखिएपछि विवाद भएको थियो । अब अर्को सूचना प्रकाशन भएपछि मात्रै प्रक्रिया अगाडि बढ्ने छ ।
प्रतिक्रिया