मेहनत गरे ईमानदार राष्ट्रसेवक बन्न सक्नुहुन्छ : उप-प्रमुख सिंह

बझाङ । मेहनत गरे ईमानदार राष्ट्रसेवक बन्न सक्ने जयपृथ्वी नगरपालिकाका नगर उपप्रमुख रतनबहादुर सिंह सुरजले बताएका छन् । जयपृथ्वी नगरपालिका महिला विकास समितिले सञ्चालन गरेको निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सन्चालन तथा उद्घाटन समारोहमा शनिवार उनले यस्ताे बताएका हुन् ।

सिंहले भने, ‘यस नगरपालिका भित्रका अधिकास महिला दिदिबहिनीहरु लाेकसेवा तयारी कक्षा वाट वन्चित हुनुहुन्छ, उहाँहरुलाई याे सुनाैलाे अवसर हुनुका साथै यसले लाेकसेवा तयारी कक्षामा सामेल हुने मार्गदर्शन मिल्ने हामी सवैले निरन्तर मेहनत र ईमानदारीका साथ पढे याे कार्यक्रम प्रभावकारी बन्नेछ ।’

कार्यक्रम बाेल्दै नगर प्रमुख चेतराज वजालले महिला विकास समितिले यसअघिका वर्षमा पालिका भित्र वस्ने महिलाहरुकाे वस्तुस्थिति लगाएत महिलाकाे बारेमा समेटिएको वृत्तचित्र पुस्तक निर्माण गरेकाे बताउ । उनले लाेसेवा तयारी कक्षामा सिकेका कुराहरु घरमा निरन्तर अध्ययन गरे अगाडि वढे सफल हुने बताए ।

प्रतिक्रिया