बरहथवा घटना छानबिनका लागि तीन सदस्यीय समिति गठन

काठमाडौं । बरहथवा घटनाको छानबिनका लागि गृहमन्त्रालयले तीन सदस्यीय समिति बनाएको छ । समितिको संयोजकमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम रहेका छन् । सदस्यहरूमा नायब महानिरीक्षक प्रहरी महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेका छन् ।

शुक्रवार सर्लाहीको बरहथवा नगरपालिका–५ मा गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई स्तरोन्नति गर्ने विषयमा विवाद हुँदा घटना घटेको हो ।

प्रतिक्रिया