काठमाडौं । सरकारले सर्लाहीको बरहथवामा भएको प्रदर्शनका क्रममा भएको झडपमा मृत्यु भएका जयशंकर साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
शनिवार गृहमन्त्रालय एक विज्ञप्ति जारी गरी सो घटनामा मृत्यु भएका साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको हो ।
शुक्रवार वरहथवा नगरपालिका ५ मा प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गर्ने–नगर्ने भन्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ३० वर्षीय साहको मृत्यु भएको थियो ।
प्रतिक्रिया