द्वारदेवी मावि अलौमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका १७ अलौंमा रहेको श्री द्वार देवि माध्यमिक विधालयमा सञ्चालि कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेका छन् ।
विद्यालयले बुधवार आयोजना गरेको कार्यक्रममा ३३ जना विद्यार्थीलाई स्वागत गरिएकाे हाे ।

स्वागत कार्यक्रमको अध्यक्षता गरेका सो विद्यालयका प्रधानाध्यापक दयाकान्त झाले उच्च शिक्षाका लागि सफलताको शुभकामना दिए । उनले विद्यार्थीको यो समय जिज्ञासु र जुझारु समय भएकाले असल कृयाकलापमार्फत सिकाइमा ध्यान दिन जरुरी रहेको बताए । त्यस्तै उनले आफू यस विद्यालयमा आउदा शिक्षकको अभावमा कक्षा ११ र कक्षा १२ का कक्षाहरु नियमित रुपमा संचालन हुन नसकेपनि अहिले सबै कक्षाहरु नियमित रुपमा सञ्चालन भइरहेको बताए । अहिले भौतिक संरचनाको अभावले विद्यार्थीलाई समस्या परेको उनले बताए । यसप्रति सम्बन्धित निकायले ध्यानदिन उनले अनुरोध समेत गरे ।

कार्यक्रममा प्रमुख अतिथी रहेका वीरगंज महानगरपालिकाका सुचना अधिकारी तथा शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अहिले वीरगञ्ज महानगरपालिकाले सामुदायिक विद्यालयले कुनै पनि बाहानामा शुल्क लिन नपाउने बताए । यदि कुनै सामुदायिक विद्यालयले त्यस्तो गरेको पाइएमा वीरगञ्ज महानगरले कारबाही गर्ने बताए ।

त्यस्तै यदि कोइ अभिभावक विद्यालयलाई सहयोग गर्न इच्छुक हुनुहुन्छ भने सहयोग गरे हुन्छ । अहिले वीरगञ्जमा सामुदायिक विद्यालयमा करिब १ लाख जति विद्यार्थीहरु अध्यनरत रहेको बताए । अहिले विद्यालयमा शिक्षकको कमि रहेको तथा वीरगञ्ज महानगरपालिकाले केही दिन पहिला स्वयंसेवक शिक्षक भर्ना गरे पनि महानगरपालिकाको आर्थिक अवस्था कमजोर रहेकोको कारण स्वयंसेवक शिक्षकलाई विदाइ गर्नु परेको बताए ।

त्यस्तै कार्यक्रममा प्रहरी वरिष्ठ नायब निरीक्षक केकबहादुर कार्कीले साइबार क्राइमसम्बन्धी ऐन नियम तथा कारबाहीको बारेमा विद्यार्थीहरुलाई जानकारी गराए । अहिले सबैभन्दा बढी साइबर क्राइमको सिकार विद्यालय स्तरमा भएका बालबालिकाहरु हुने भएकोले फेसबुक म्यासेन्जरमा अपशब्द प्रयोग गर्ने, फोटो इडिट गरेर राख्ने तथा फोटो र नाम प्रयोग गरेर फेसबुक टिकटक चलाउने लगायतका कुराहरुमा ध्यान दिन आग्रह गरे ।

आज भएको सो स्वागत कार्यक्रममा शिक्षकहरु बृजकिशोर साह कानु, अशेस्वर साह, बिजय यादव, प्रदिप नेपाल, मुस्ताक राजा, राजिव पाण्डे, कन्चन सिहं, सरिता साहलगयात अभिभावक र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया