वीरगञ्ज । वीरगञ्जस्थित गीता मन्दिर प्राङ्गणमा निःशुल्क आँखा शिविर गरिएको छ । नेपाल अपांग संघ पर्साको आयोजना तथा मार्टीका आई फाउन्डेसनको सहयोगमा अँखा शिविरमा सञ्चालन गरिएकाे हाे । नारायणी क्षेत्रीय अस्पताल विकास समितिको अध्यक्ष धिरज गुप्ता प्रमुख अतिथि रहेकाे कार्यक्रम नेपाल अपांग संघ पर्साका अध्यक्ष सम्भु पासवानको अध्यक्षतामा सुरू शिविरकाे उद्घाटन गरिएको थियो ।
सो कार्यक्रम तुलसीको बोटमा पानी हाली प्रमुख अथिती गुप्ताले शिविर सुरू गरेका थिए, भने कार्यक्रमको सुरु उनकै आँखाको चेकजाँच गरि गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख गुप्ताले नारायणी क्षेत्रीय अस्पतालले जनताको सेवाको लागि हरेक सुविधा थप्दै गएको बताए । अहिले नारायणी अस्पताललाई बिरामी उपचारको लागि पहिलो रोजाइमा राख्ने अस्पतालको रुपमा स्थापित गराउन लागि परेको बताए ।अहिले अस्पताल अपांगमैत्री हुनुका साथै अपांग ब्यक्तिको सहयोग गर्न आफू २४सै घन्टा तयारी अवस्थामा रहेको बताए ।
सो कार्यक्रममा अतिथिका रुपमा मदन गुप्ता, राजेश महतो, ओमकुमारी शर्माको उपस्तिथि रहेको थियो, भने कार्यक्रममा स्वागत मन्तव्य डा.पुरुसोतम दुवेले राखेका थिए ।
प्रतिक्रिया