नयाँ पोशाक पाएपछि चिटिक्क परे विद्यार्थी (फाेटाे फिचर)

मुगु । समुन्द्री सतहदेखि २९ सय मिटरको उचाइमा रहेको छायाँनाथ रारा नगरपालिका–९ मा अवस्थित मुर्मामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा सेट र स्कुल ड्रेसहरू वितरण गरिएको छ ।

नगरपालिकाभित्र सबैभन्द उच्च स्थानको बस्ती भएकाले हिँउदको समयमा अत्यधिक जाडो हुँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएपछि ब्याक टु लाईफ इभिको आर्थिक सहयोग र कर्णाली सामुदायिक विकास केन्द्र मुगुको सहजिकरणमा आइतबार त्यहाँ अध्यनरत १०६ जना इसिडीदेखि कक्षा १० सम्मका छात्रा–छात्रलाई न्यानो कपडा सेट र स्कुल ड्रेस वितरण गरिएको हो ।

स्कुल पोशाक र न्यानो कपडा वितरण गर्दै कर्णाली सामुदायिक विकास केन्द्रकी अध्यक्ष संगीता शाहीले जाडो समयमा न्यानो कपडा र स्कुल पोशाक अभावकै कारण बालबालिकाहरु विद्यालय शिक्षाबाट बन्चित हुन नपरुन् भनेर विद्यालय पोशाक र न्यानो कपडा वितरण गरिएको बताइन् ।

बिगतका वर्षहरुमा जाडो बिदा हुने यस विद्यालयमा यस वर्ष जाडो बिदा नभएकाले अत्यधिक जाडो मौसमका कारण विधार्थी नियमित थिएन भने शिक्षण सिकाई प्रक्रिया पनि प्रभावित हुँदै आएको थियो । अब केसिडिसिको समन्वयमा विद्यार्थीले न्यानो कपडा र विद्यालय पोशाक पाएका छन् ।

अब विद्यार्थी नियमितता र सिकाइमा बालबालिका अग्रसता हुने आशा गरेको मावी मुर्माका प्रधानाध्यापक नन्दसिंह रोकायाले बताए । न्यानो कपडा र विद्यालय पोशाक लगाउँदा विद्यार्थीहरू चिटिक्क देखिनुका साथै उत्साहित पनि भएका थिए भने अभिभावकहरू खुशी देखिएका छन् ।

प्रतिक्रिया