पूर्वयुवराज पारस शाहको ५४औँ जन्मोत्सव वीरगञ्जमा मनाइयो

वीरगञ्ज । नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्यलय वीरगञ्ज पर्साले पूर्वयुवराज पारस शाहको ५४औँ जन्मोत्सव वीरगञ्जमा मनाएको छ ।

वीरगञ्जस्थित घण्टाघर चोकमा पूर्वयुवराज शाहको तस्विरमा माल्यार्पण गरि जन्मदिनको शुभकामना व्यक्त गर्दै ५४ औ जन्मोत्सव मनाइएको हो ।

उक्त जन्मोत्सव कार्यक्रममा नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल साह , पर्सा जिल्ला अध्यक्ष संगीतादेवी साह, उपाध्यक्ष उमाशंकर प्रसाद, सचिव सन्तोष गुप्ता, हरेराम रौनियार, विष्णु कुमार, अब्दुल सतार अंसारी, दिपनारायण यादव, प्रेम सरार्फ, विरेन्द्र थापा, दिपेन्द्र रौनियारलगायतले माल्यार्पण गरि जन्मोत्सवको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया