लालबन्दी । शुक्रबार साँझ लालबन्दी नगरपालिकामा जिल्लाका प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका प्रमुख, नापी कार्यालयका प्रमुखसहितको छलफल सम्पन्न भएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १२ जियाजोर र हरिवन २ खोरगाउँका बासिन्दाले राखेको १३बुँदे मागमा नगरप्रमुख बासुदेव अधिकारीसहित स्थानीयको बाक्लो उपस्थितीमा छलफल भएको हो । हेटौडा–ढल्केवर–ईनरुवा ४ सय केभी राष्ट्रिय प्रशारण लाईनको पोल निर्माण कार्य भईरहेको जियाजोरमा बिहिवार स्थानीय महिलाहरुको समुहले बिभिन्न माग राख्दै काममा अवरोध गरेपछि सिडिओसहितको टोली छलफलको लागि आएको हो ।
छलफलमा स्थानीयले आफ्नो बिभिन्न १३बुँदे माग प्रस्तुत गरेका थिए । उनीहरुले आफूहरुको ऐलानी तथा नम्बरी जमिनको समय सापेक्ष हुने गरि मुल्यांकन गरिनु पर्ने, तारको छेउबाट दायाँ बायाँ पर्ने २५ मिटरसम्मको जमिन बैंकले धितो नलिने हुँदा उक्त जग्गाको उचित मुल्यांकन गरि शतप्रतिशत क्षतिपुर्ति दिनुपर्ने साथै उक्त जग्गाको मालपोत मिनाहा गरिनुपर्ने माग राखेका छन् ।
छलफलको निष्कर्षमा बोल्दै सिडिओ कोमलप्रसाद धमलाले पोल निर्माण कार्य र स्थानीयको जायज माग सम्बोधनको काम सँगसँगै गर्नुपर्ने बताएका थिए । उनले सो क्षेत्रमा पर्ने जग्गाको पुनःमुल्यांकन नहुने, मुल्यांकन हुन बाँकी जग्गाको समयसापेक्ष मुल्यांकन हुने, बालीनालीको क्षतिपुर्ति पाईने, जहाँ पोल परेको छ, त्यो जग्गा मात्रै आयोजनाले अधिग्रहण गर्ने, बाँकी जग्गा जस्को हो उसैको हुने र त्यसको तिरो स्वयम जग्गाधनिले तिर्नुपर्ने बताए । निशुल्क बिद्युत पाउनुपर्ने कुरा मान्य नहुँने बताउँदै सिडिओ धमलाले बरु सामाजिक दायित्व अन्तर्गत छात्रबृत्ति प्रदान, खेलकुद मैदानको ब्यवस्थापनसम्म आयोजनाले गर्न सक्ने बताए ।
आयोजना प्रमुख एवम् सिडिओ धमलाको कुराले चित्त नबुझाएका जियाजोरका स्थानीयले काम गर्न दिने कि नदिने भन्नेमा दुबिधा देखाएका छन । जियाजोरमा स्थानीयको अवरोधका बिच सुरक्षा बेस खडा गरेर राष्ट्रिय प्रशारण लाईनको पोल निर्माण सुरु भएको छ । त्यहाँ २७ जना शसस्त्र प्रहरी र २५ जना नेपाल प्रहरीको दंगा तैनाथ गरेर पोल निर्माण कार्य भईरहेको थियो । जियाजोर क्षेत्रमा हेटौडा–ढल्केवर–ईनरुवा ४ सय केभी प्रशारण लाईन आयोजना अन्तरगतको ८ वटा पोल निर्माण हुन बाँकी रहेको आयोजनाले जनाएको छ । स्थानियको अवरोधका बिच सुरक्षा ब्यवस्था भए सगैँ निर्माण कम्पनीले काम सुरु गरेको छ । राष्ट्रिय गौरवको आयोजना निर्माणमा अबरोध भएपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो । स्थानीयबाट राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको प्रशारण लाईन निर्माणमा अबरोध भएपछि जिल्ला प्रशासन कार्यलयले समेत अनुगमन गरिसकेको जनाएको छ ।
पटक–पटकको छलफलबाट समेत स्थानीय सहमत नभएपछि सुरक्षा बेस खडा गरेर काम सुरु गरिएको जिल्ला प्रशासन कार्यलयले जनायो । यस पहिला छलफल भएर मुआब्जा निर्धारण भएको र सोही अनुसार बितरण भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए । यता जियाजोरका स्थानीयले आफूहरुलाई थाहै नदिई आफूहरुको जग्गा रोक्का गरेको, आफुहरुलाई समयानुकुलको मआब्जा नदिएको, आफूहरुको मागको बेवास्ता गर्दै बल मिचाई गर्ने प्रयत्न गरिएको भन्दै दुखेको पोखेका छन् । प्रशारण लाईनले आफूहरुको खेत नोक्सान भएको, खेत माथिबाट ४ सय केभी प्रशारण लाईन विस्तार भएपछि जग्गाको मुल्य कम हुने, प्रशारण लाईन तलका खेतमा उत्पादन समेत कम हुने उनीहरुको बुझाई छ । स्थानीय मानबिर माझीले भने – ‘हामीले प्रशारण लाईन निर्माण नगर्नु भनेका छैनौँ ।’
तलमाथि छलायर लगिदिँदा क्षती कम हुने थियो । यसरी जग्गाबाट मनपरी प्रशारण लाईन तान्दा स्थानीयलाई दिर्घकालिन असर पर्ने उनीहरुको भनाई छ । प्रशारण लाईन विस्तारले गाउँ नै विस्थापित हुनुपर्ने अवस्था आएको स्थानीयले गुनासो गरे । केही स्थानीयले मुआब्जा स्वीकार गरे पनि केहीले अझै लिएका छैनन् । यस रुट अन्तरगत जियाजोर क्षेत्रमा मात्र पोल निर्माण बाँकी रहेको आयोजनाको ढल्केवर कार्यलयका सहायक प्रशासकीय प्रमुख श्रीराम घिमिरेले जानकारी दिए । बाँकी ८ वटा पोल निर्माण सम्पन्न भए सगैँ तार तान्ने काम सुरुहुने घिमिरेले बताए । पोल निर्माण कार्य डेढ महिना भित्रमा सक्ने लक्ष्य रहेको उनको भनाई थियो ।
यस प्रशारण लाईनले नेपालको उत्पादित विद्युतलाई पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म जोड्ने उल्लेख छ । निर्माण समयमै सम्पन्न नभए एकातर्फ उत्पादित बिद्युत खेर जाने र अर्को तर्फ लोडसेडङिको समस्या बेहोर्नुपर्ने अवस्था आउन सक्ने आयोजनाका प्रशासकीय अधिकृत घिमिरेले दाबी गरे ।
सर्लाही
प्रतिक्रिया