आफैँले चलाएकाे जिप दुर्घटना हुँदा अस्ताए बाजुराका युवा व्यवसायी देवेन्द्र

बाजुरा । बाजुराका युवा व्यवसायी देवेन्द्र नाथको जिप दुर्घटनामा परेर मृत्यु भएको छ । बिहिवार साँझ गौमूल गाउँपालिका नजिकै मालिवनमा जिप दुर्घटनामा परि नाथको ज्यान गएको हो । नाथको घटनास्थलमै मृत्यु भएको र साथका रहेका अर्का मदन रोकाया घाइते भएको प्रहरीले बताएकाे छ । नाथ आफैले जिप चलाएका थिए ।

३४ वर्षका नाथको ज्यान गएको प्रहरीले जानकारी दिएकाे छ । गौमुल गाउँपालिकाको केन्द्र घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से १ ज ९८९ नं. को जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोर ऐरीले जानकारी दिए ।

जीपमा सवार जय मालिका यातायात प्रालिका काउन्टर प्रमुख मदन रोकाया गम्भीर घाइते भएका छन् । खप्तड छेडेदह गाउँपालिका ६ घर भएका नाथ आफै चालक र जिप धनी हुन् । जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । उद्योग वाणिज्य संघ बाजुराको पदाधिकारी रहेका नाथ जयमालिका प्रालि यातायातका महासचिव समेत हुन् । रेडियो पौरखीबाट सञ्चारकर्म सुरु गरेका नाथले मार्तडीमा कटेज समेत सञ्चालन गरेका छन् ।

प्रतिक्रिया