नेकपा पाँचथरको सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम

पाँचथर । नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी पाँचथरले बुधवार सर्वपक्षीय अन्तक्रिया गरेको छ । नेकपा र नेपाल सरकारबीच भएको तीनवुँद्धे सहमति तथा वर्तमान राजनीतिक संकट विषयमा नेपाल कम्यूनिष्ट पार्टीले सर्वपक्षीय अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य सुमन सिले देशलाइ गम्भीर दुर्घटनाबाट बचाउन सबै अग्रगामी शक्त हरु एकाकार बन्नु पर्ने र समाजवादी विकासबारे बृहत् छलफल गर्दै नयाँ ढंगले सोच्नुपर्ने अवस्था सृजना भएको बताए ।

समाजवादी विकासको अभियान निरन्तर गाउँ वस्तीमा रहने जिल्ला इञ्चार्ज सन्तोष सी ले जनाए । सर्वपक्षीय अन्तक्रियामा माओवादी केन्द, एमाले, एकीकृत समाजवादीका प्रतिनिधि तथा उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतले आ–आफ्नो विचार राखेका थिए ।

प्रतिक्रिया