वीरगञ्ज । नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराको बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति पदाधिकारी, सदस्यहरू र प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरुको बैठक मंगलवारको जिल्ला पार्टी कार्यालय बिपी भवन कलैयामा पार्टीका सभापति राजेश राय यादवको सभापतित्वमा सम्पन्न भएको हो ।
उक्त बैठकको निर्णयबाट आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा बारा जिल्लाबाट नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराको तर्फबाट उम्मेदवारमा कांग्रेस पुर्ब पूर्वकेन्द्रिय सदस्य तथा सभासद राधेचन्द्र यादवको नाम सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराका कार्यवाहक सचिव अम्बिका यादवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया