पाँचथर कांग्रेसको प्रथम जिल्ला सम्मेलन तयारी पूरा

पाँचथर । नेपाली कांग्रेस पाँचथरको प्रथम जिल्ला सम्मेलन तयारी पूरा भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी कांग्रेस पाँचथरले जानकारी दिएको हो ।

कांग्रेसले पुस १३ गते जिल्ला सम्मेलनमा पार्टी नेता डा शेखर कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको पाँचथर कांग्रेसका सभापति रुपनारायण जबेगुले जानकारी दिए । सम्मेलनमा सहमहामन्त्री भिष्मराज आङदेम्बे र केन्द्रिय सदस्य प्रदीप पौडेलले सम्बोन्धन गर्ने जनाइएको छ । सम्मेलन जिल्ला समन्वय समितिको बयाटबिटन हलमा हुने भएको छ ।

पार्टीको विधान अनुसार वर्षेनी गरिनुपर्ने सम्मेलन भएकाले पनि बिधानत सम्मेलन गर्न लागिएको जबेगूले बताए । सम्मेलनमा करिब ंक हजार प्रतिनिधि सहभागी हुने उनले बताए । पार्टी सभापति जबेगुले पार्टी चलायमान राखिरहन सम्मेलनको ठूलो महत्व रहेको बताए ।

सम्मेलनमा सांगठानीक प्रतिवेदन, आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतिकरण र त्यसमा छलफल बहस हुनेछ । उक्त अवसरमा प्रजातन्त्र सेनानी, पूर्वपार्टी सभापति, सहिद परिवारलगायतलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको जबेगुले जानकारी दिए ।

पत्रकार सम्मेलन प्रेस युनियन जिल्ला अध्यक्ष खबिन लुइटेलको अध्यक्षमा र पार्टी सभापति रुप रायण जबेगुको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । पार्टी सचिव तथा युवा नेता दिपक नेपाल साथै पत्रकारहरुको सहभागिता रहेको थियो ।

सम्मेलनलाई विगतको समीक्षा र आगामी कार्ययोजना प्रस्तुत गर्ने थलोको रुपमा प्रयोग गरिने जानकारी दिँदै सभापति जबेगुले कांग्रेस पाँचथरको नेतृत्वले पार्टीलाई प्रभावकारी रुपमा गाउँगाउँमा पुर्याउन सक्रिय भइरहेको बताए ।

प्रतिक्रिया