पाँचथर । पाँचथरको फिदिम नगरपालिकामा निःशुल्क आँखा शिविर सुरु भएको छ । पाँचथर अस्पतालमा मंगलबार आँखा शिविरलाई नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले उद्घाटन गरे । उक्त आँखा शिविर पुस १२ गतेसम्म सञ्चालनमा रहने छ ।
पाँचथर क्लबको आयोजना तथा मेची आँखा अस्पतालको सहकार्यमा र फिदिम नगरपालिकाको आर्थिक सहयोगमा शिविर सञ्चालन भएको हो । पाँचथर क्लबका सचिव योगराज सेढाँइका अनुसार शिविरमा मोतिबिन्दुका रोगीहरुको निःशुल्क शल्यक्रिया र औषधि उपचार पाउने छन् ।
बिरामीले चश्मा रोग अनुसार निःशुल्क चश्मा पाउनेछन् । पाँचथर क्लबले जनाए अनुसार शिविर सुरुको दिन ५ सय २ जना बिरामीले सेवा पाएका छन् । चेकजाँच मा ५ सय २ जनामध्ये ३१ जनाको शल्यक्रिया गरिएको सेढाँइको भनाई छ ।
प्रतिक्रिया