धरान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन प्रवर्द्धन एवं सेवा प्रवाहलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छन् ।
नेपाल पत्रकार महासंघ सुनसरीले आज धरानमा आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता भए पनि संविधानको मर्मविपरीत बोल्ने छुट कसैलाई नभएको बताइन् ।
मन्त्री शर्माले वर्तमान सरकारले जनताका अपेक्षा अनुरुप काम गरिरहेको बताउँदै संक्रमणकालीन न्यायसम्बन्धी ऐन चाँडो टुंग्याइने जानकारी दिइन् । उाले संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सबै दलसँग सहकार्य, सहमति र छलफल गरेर टुंग्याइने बताइन् ।
मन्त्री शर्माले सञ्चार क्षेत्रमा पनि अन्य व्यापार व्यवसायमा जस्तै आर्थिक संकट देखिएको भन्दै सञ्चार क्षेत्रलाई छुट दिने सोचमा सरकार रहेको बताइन् । त्यस अवसरमा पत्रकारहरूले पत्रकार प्रज्ञाप्रतिष्ठान गठन गर्न माग गर्दै मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका थिए ।
प्रतिक्रिया