सामाजिक सञ्जाल एक्समा समस्या

काठमाडौं । विश्वका विभिन्न देशहरूमा सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर)मा समस्या आएको छ । बिहीबार बिहान ११ बजेदेखि केही समय ट्विटरमा समस्या आएको हो ।

विभिन्न प्लेटफर्मको समस्याबारे रिपोर्ट गर्न मिल्ने वेबसाइट डाउनडिटेक्टरमा मध्याह्न साढे १२ बजेसम्म ७५ हजार भन्दा बढी प्रयोगकर्ताले एक्समा समस्या देखिएको जनाएका छन् ।

एसिया र अन्य केही देशका प्रयोगकर्ताहरूले कसैको पनि प्रोफाइल खोलेर हेर्दा ट्विट नदेखिने समस्या आएको बताएका छन् ।

एक्समा केही समय ह्यासट्याग ट्विटरडाउन लेखेर पोस्टसमेत गरिएका छन् । तर, अहिले समस्या समाधान भइसकेको बताइएको छ । यस विषयमा एक्स वा एक्सका मालिक एलन मस्कले कुनै प्रतिक्रिया दिइसकेका छैन ।

प्रतिक्रिया